सीटीईभिटीको प्रवेश परीक्षामा अनियमितता

अनेरास्ववियूले बुझायो प्रजिअलाई ध्याकर्षणपत्र

चितवन । सिटिइभिटीले शैक्षिक सत्र ०७४÷०७५ को लागि लिएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै अनेरास्ववियूले ध्यानाकर्षण भएको जनाएको छ । भरतपुरको श्री मेडिकल एण्ड टेक्निकल कलेजमा परीक्षा सुरु भएको ४५ मिनेटमा नै विद्यार्थी प्रश्नपत्र सहित बाहिरिदा समेत परीक्षा हलमा बसेका गार्ड, निरीक्षक तथा बाहिर गेटमा बस्ने प्रहरी कर्मचारीले समेत बेवास्ता गरेको आरोप अनेरास्ववियुले लगाएको छ ।

परीक्षा हलबाट बाहिरिएको व्यक्तिले बाहिर दिएको अभिव्यक्तिका कारण यस घटनामा ठुलै ओहोदामा रहेका व्यक्तिबाट गतल काम भएको भन्दै त्यसको छानविन गर्न माग गरिएको अनेरास्ववियू प्राविधिक जिल्ला समन्वय समिति चितवनका संयोजक डायमन्ड पोखरेलले बताए ।

शनिबार चितवन मेडिकल कलेजमा भएको परीक्षा पनि नक्कली परीक्षार्थी बनेर परीक्षामा सहभागि हुने क्रममा गेटमा नै रोकिएको पोखरेलले बताए । उक्त अवस्थामा एसएमएस आएर सिटिइभिटीको उत्तरपुस्तिका बाहिरिएको हल्ला आउँदा र प्रमाण सहित पेश गर्दा समेत प्रशासनले प्राविधिक समस्याको संज्ञा दिँदै परीक्षा सञ्चालन गरेकोमा आपत्ति जनाउँदै अनेरास्ववियूले आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार प्रजिअ भट्टलाई बुझाइएको ज्ञापन पत्रमा सिटिइभीटीका केही व्यक्तिहरुले मनपरी गर्दै हराजौँ विद्यार्थीको भविष्यमा ग्रहण लगाउन खोजेको उल्लेख गरिएको छ । पटक पटक सिटीईभीटीमा हुने गलत कामको बारेमा अनेरास्ववियूको ध्यानाकर्षण भएको जनाउँदै यस घटना प्रति अनेरास्ववियू एनपीआई क्याम्पस कमिटिले खेद प्रकट गरेको छ । यस्ता खालका घटना गराउने व्यक्तिलाई कारबाहीको घेरामा ल्याउन समेत अनेरास्ववियूले माग गरेको छ ।

Loading...