भण्डारामा नेपाल बैंकको १३१ शाखा स्थापना

चितवन । नेपाल बैंक लिमिटेडले १३१ औं शाखाको रुपमा चितवनको भण्डाराबाट कारोबार सुरु गरेको छ । द्धन्द्धकालमा बन्द भएको उक्त शाखा अहिले नयाँ शाखाको रुपमा कारोबार सुरु गरेको हो ।

साउन ९ गते सफ्ट लन्च गरि उक्त शाखा संचालनमा ल्याइएको हो । यही साउन १५ गते आईतबारदेखि शाखा पूर्ण रुपमा संचालनमा आउने शाखा प्रवन्धक हिमाल गिरीले जानकारी दिनुभयो । उहाँले यस शाखाबाट सबै प्रकारका अत्याधुनिक बैङकिङ सुविधाहरु दिने लक्ष्य बताउनुभयो । राप्ती नगरपालिकामा पर्ने भण्डार यस नगरको ठूलो बजार हो ।

Loading...