मानव सेवा आश्रमको भवन बनाउन युनिक बचतको आर्थिक सहयोग

चितवन । सर्वोत्कृष्ट जीवनःशाश्वत चिन्तनद्धारा संचालित मानव सेवा आश्रम चितवनको भवन निर्माणका लागि रत्ननगरमा रहेको युनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
आज (विहीबार) एक भव्य कार्यक्रमकाबीच सहकारी अध्यक्ष हरिभक्त घिमिरेले मानव सेवा भौतिक विकास प्रवद्र्धन समितिका उपाध्यक्ष चिजकुमार मास्के र सचिव प्रभातकुमार जोशीलाई ५० हजार एक सय ११ रुपैयाँको चेक प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै युनिक बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत युनिक लामिछानेले सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत नै मानव सेवा आश्रमलाई आफ्नै भवन निर्माणका लागि आर्थिक सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले मानव सेवा आश्रमको मकवानपुरमा निर्माणधिन भवनको निर्माणका लागि आर्थिक सहयोग गर्ने तयारी गरेपनि चितवनमै भवन निर्माण हुने जानकारी पाएपछि आफ्नै जिल्लाको भवन निर्माणको लागि सहयोग गरिएको बताउनुभयो ।
कार्यक्रममा मानव सेवा भौतिक विकास प्रवद्र्धन समितिका सचिव प्रभातकुमार जोशीले भवन निर्माणको बारेमा जानकारी दिनुभयो । उहाँले नारायणगढ निवासी उज्वल श्रेष्ठले भरतपुर–३ नारायणगढमा ८ कट्टा जग्गा उपलब्ध गराएपछि मानव सेवा आश्रमको भवन निर्माणको काम अगाडि बढाउन लागिएको जानकारी दिनुभयो । सो क्षेत्रमा टुहुरा बालबालिकाहरु लागि विद्यालय समेत निर्माण गर्ने सोँच बनाएको सचिव जोशीले बताउनुभयो ।
मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले संचालन गर्नुभएको कार्यक्रम नेपाल राष्ट्रिय बचत सहकारी संघ लि.का संचालक शान्ति अधिकारीको प्रमुख आतिथ्यता तथा युनिक साकोसका अध्यक्ष हरिभक्त घिमिरेको अध्यक्षतामा भएको थियो । सोही कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष जयराम श्रेष्ठ र वडा नं.३ का अध्यक्ष चन्द्रमित्र पण्डितलाई मानव सेवा आश्रमले सम्मान गरेको थियो । यसैबीच मावन सेवा आश्रमको भवन निर्माणका लागि वडा नं.३ का अध्यक्ष पण्डितले आजै १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

 

Loading...