न्यूजिल्याण्डको अकल्याण्डमा गुञ्जियो नेपथ्य

न्यूजिल्याण्ड । नेपथ्यले शुक्रबार पहिलोपटक न्यूजिल्याण्डमा नेपाली लोक रक कन्सर्ट सम्पन्न गरेको छ । प्रशान्तमहासागरको सामुद्रिक टापुमा बसोबास गर्दै आएका नेपालीहरु शुक्रबार नेपथ्यसँगै नेपाली संगीतमा झुमे । न्यूजिल्याण्डको अकल्याण्डस्थित ‘स्काइ सिटी थिएटर’मा नेपथ्यले अाँफूलार्इ प्रस्तुत गरिरहँदा उपस्थित नेपाली दर्शक उत्साही भएका थिए ।

अकल्याण्डको यो प्रस्तुतिसँगै नेपथ्यले यस वर्ष सुरु गरेको पृथ्वीकै दक्षिणी गोलाद्र्धको सांगीतिक यात्रा पनि सम्पन्न भएको छ । यस भेगमा पहिलो कार्यक्रम छिमेकी अष्ट्रेलियाको मेलबर्न सहरबाट भएको थियो । त्यसपछि एडिलेड र सिड्नीको भब्यशो सम्पन्न गरेर ब्याण्ड न्यूजिल्याण्डतर्फ आएको थियो ।

चार जुलाइबाट सुरु भएको नेपथ्यको दक्षिणी गोलार्धको यो यात्र अष्ट्रेलियाका विभिन्न शहर हुँदै न्यूजिल्याण्डको अकल्याण्डमा पुगेको हो ।

Loading...