कथाः सपनाको दाहसंस्कार

- केशरी अम्गाईं

डेढ महिनापछि उसको लास आज नेपाल आइपुग्यो । विमान स्थलमा उसका चिनजानकाहरु भेला भए । विमानस्थलमा यता उता गर्दैमा दुई घण्टा बित्यो । दुईघण्टा पछि बल्ल लास आफन्तहरुको जिम्मामा आयो । सबै मौन थिए, सब विस्मित थिए– उसको अनुहार हेर्दा अहिल्यै बोलिहाल्ला कि, अहिल्यै उठेर हिड्ला कि जस्तो थियो । कोही विश्वास गर्न सकिरहेका थिएनन् यो मान्छे मरेकै हो तर नियतिमाथि विश्वास गर्नै पथ्र्यो ।
छोराको तप्तपाउ“दो अनुहार हेर्दा हेर्दै उसको बाबु त्यही घुप्लुक्क ढल्यो । दुई तीन जना मिलेर उसलाई उठाए । एउटाले नजिकैको पसलबाट पानी किनेर ल्यायो र बाबुचाहि“लाई अलिकति खुवायो, अनुहार धोइदिया र सामान्य अवस्थामा ल्याउने प्रयास ग¥यो ।
“आपूmलाई समाल कान्छा, के गर्ने ? मान्छे भएपछि सबै कुरा सहनै पर्दो रहेछ ।’’ माझघरे जेठाले बाबु चाहिँलाई सम्झाउने प्रयास गरे । त्यसो त उनलाई नै गाह्रो भइरहको थियो समालिन, आँखाभरि आँशु टलपलाइ रहका थिए । आङ्खनै घर आ“गनमा खेलेर हुर्केको विकाशको आफ्नै छोरोको जस्तै माया लाग्थ्यो उनलाई । यो खाऊँ खाऊँ र लाऊँ लाऊँको उमेरमा यसरी पोल्नु पर्ला भन्ने के थाहा ? त्यसैले आङ्खनै चित्त बुझाउन त गाह्रो भइरहेको थियो भने उसकै बाबुले आपूmलाई पिण्ड दिने छोरालाई कल्कलाउँदो उमेरमा आफैले आगो लगाउनु पर्दा कसरी चित्त बुझाओस् !
“उसको आमालाई ल्याउनु भएन जेठाबा ?” हर्केले भन्यो ।
हर्के उर्फ हर्कबहादुर गुरुङ दुई वर्ष अघि कुवेत पुगेको हो । विकाशलाई तीन महिना अगाडि उसैले तानेको थियो र आङ्खनो कम्पनीमा काममा लगाएको थियो । उसलाई पछुतो लागिरहेको थियो विकाशलाई कुवेत ल्याएकोमा । यदि विदेश नआएको भए यस्तो हुदैनथ्यो कि– उसको मनमा बारम्बार यही कुरा आइरहन्थ्यो । लाखौ नेपाली काम गरिरहेको ठाउ“मा आङ्खनै मान्छे यसरी पर्ला भन्ने के थाहा १ त्यसो त खाडीमा गएर उसले केही कमाए कै हो, दुई वर्षको अन्तरमा उसले घरव्यवहार चलाउँदा र विदेश जाँदा लागेको सबै ऋण तिरेर पनि घरमा ढुङ्गाको छानो पनि लाउन सक्यो ।
“लौ न हर्के विकाशेलाई त्यतातिर तान्न प¥यो । केटो खाइलाग्दो छ, इमान्दार छ, यहा“ काम नभएर हल्लेर खाइरहेको छ । उसको घरको अवस्था तलाई थाहै छ । एक पटक विदेशतिर जान पायो भने त्यसको त कल्याण नै हुन्थ्यो ।” जेठाबाको अनुरोधलाई स्वीकार गरेर उसले विकाशलाई तानेको थियो । ऊ पनि कहा“ अनभिज्ञ थियो र विकाशको घरको अवस्थाबाट, आङ्खनो जग्गा जमिनको उब्जनीले तीन महिना खान पु¥याउन धौ धौ थियो । उसको वाबुले निमेक गरेर, भारि बोकेर परिवार पालिरहेका थिए । दुःखजीलो गरेर पनि विकाशलाई १० कक्षासम्म पढाएको हो, घरको काम पनि भ्याउनु पर्ने, वाबुलाई पनि सघाउनु पर्ने पढाइमा समय दिन भ्याएन, त्यसैले विकाशले एस.एल.सी. पास गर्न सकेन । दुई पटक सम्म जा“च त दिएको हो तर पास गर्न नसकेपछि जा“च दिन नै छाडिदियो ।– हर्केले अलिकति विकाशको अतितलाई संझियो ।
“देखिहालिस् उसको बाबुको त यो हालत छ, आमालाई ल्याएर कसरी फर्काउने, कसरी समाल्ने ।” जेठाबाले भने ।
“तैपनि एक पटक छोराको अनुहार त देखाउनु पर्ने हो, अब हेर्छु भनेर पाइदैन ।” हर्केले भन्यो ।
जेठाबाले केही प्रतिकृया जनाएनन् सायद उनको मौन स्वीकृति र विवशताको मौन अभिव्यक्ति थियो । एकछिन पछि भने– “मलाई त विश्वास नै लागि रहेको छैन विकाशले यस्तो ग¥यो होला भनेर । यो त्यस्तो खालको कमजोर केटो त हैन । कसरी यस्तो भएछ ?” जेठा बाले सोधे ।
हर्केले लामो श्वास तानेर छाड्यो अनि भन्यो – “खै जेठाबा ! विश्वास त मलाई पनि छैन तर के गर्ने मान्नै पर्दो रहेछ ।”
“किन ?”
“त्यो ठाउ“ अन्धकारको जँघार हो, केही बुझ्न सकिन्न, केही मेसो पाइन्न । मुस्लिमहरु कति कट्टर हुन्छन तँपाईंलाई थाहै छ, त्यहा“ नेपालको जस्तो कहा“ छ र ! मुस्लिम प्रशासनको कडा कानुनहरु छन् । केही बोल्न पाइदैन, भन्न पाइदैन । त्यहा“ उनीहरुले जे गरेपनि ठीक हुन्छ, विरोध गर्न पाइदैन नत्र ….” ऊ एकछिन चुपलाग्यो अनि भन्यो “… यी नियति यस्तै हुन्छ । घटना स्थलको प्रकृति हेर्दा आत्महत्या नै गरेको हो भन्ने विश्वास लाग्दैन तर के गर्ने त्यहा“को प्रहरीले आत्महत्या गरेको ठहर गरे ।”
“के भन्छ ऊसँग बस्ने साथी ?”
“यस्तो लाग्छ उसलाई सबै कुरा थाहा छ, सबै घटना थाहा छ, तर ऊ केही बोल्दैन । एक त आपूmसंँग बस्ने साथी गुमाउनु पर्दाको पिडा होला, अर्को डर होला कतै आपूmलाई पनि…. । केही नबोल्ने धम्की दिएको हुन सक्छ । त्यो अँध्यारोे देशमा देखेर पनि आ“खा बन्द गर्नु पर्छ, सुनेर पनि कान बन्द गर्नु पर्छ । खै कताबाट भेट्यो– सा“झ अलिकति रक्सी खाएको थियो रे, खै त्यसपछि के के भयो, बिहान उसको लास वगैँचामा झुण्डिएको अवस्थामा भेटिएको थियो ।”
“तैले केही थाहा पाइनस् ?”
“कसरी थाहा पाउनु १ उसको र मेरो बसाइ अलग अलग छ । उसको साथी केही भन्न चाहँदैन । त्यहा“ केटीको केश सबभन्दा खतरनाक हुन्छ । अरवीहरु कुनै विदेशीले आङ्खनो छोरी चेलीहरुलाई नजर लगाएको देखीसहदैनन् । अर्को उनीहरुसंँगको विवाद पनि जोखिमपूर्ण हुन्छ । गल्ती उनीहरु कै भए पनि त्यहा“को प्रहरी, त्यहा“को कानुन उनीहरु कै पक्षमा हुन्छ, हामीले न्याय पाउदैनौँ, न्याय खोज्नै सक्दैनाँैं । रक्सीको सुरमा कुनै विवाद भएछ कि के थाहा ?” हर्केले भन्यो ।
लासलाई शववाहनले आर्यघाटसम्म पु¥याइदिने भयो । चारजना शववाहनभित्र बसे । वाबु चाहिँलाई ट्याक्सीमा राखे, अरु चार जना पनि ट्याक्सी भित्र बसे । अरु ८÷१० जना मान्छेहरु गौशाला विमानस्थलबाट आर्यघाटसम्म हिडेर जाने भए ।
शववाहन र ट्याक्सीलाई घाटतिर पठाएर अरुसंँगै जेठाबा र हर्के पनि घाटतिर हिडे ।
“कम्पनीले केही दियो ?” जेठाबाले सोधे ।
“दुर्घटना भएको भए कम्पनीले क्षतीपूर्ती वापत केही रकम दिन्थ्यो । यो आत्महत्या ठहर भयो । यसमा विमा कम्पनीले व्यहोर्छ । लासलाई यहा“सम्म ल्याउन दुईलाख खर्च भएको कागज दिएको छ । शव वाकसलाई मात्र कम्पनीले असी हजार तिरेको छ । अरु केही दिएन मात्र उसको एक महिनाको तलव ६०० र नेपालीहरुबाट सहयोग जुटाएको १५००, जम्मा २१०० यहा“ आइपुगेको छ । त्यस भन्दा बढी जुटाउन सकिएन ।”
“एक्काइस सय” जेठाबाले मन मनै हिसाब गरे – “जम्मा चालिस बयालिस हजार हुन्छ । जा“दा लागेको ऋण मात्रै सत्तरी हजार छ, अब कसरी तिर्छ त्यो गरिबले ।” उनले मन मनै सोचे ।
पालो पर्खाइमा रहेको विकशको लास जलाउने पालो आयो । चिता तयार हुदै थियो । घाटमा लाग्ने खर्च सबैले अलि अलि गरेर जम्मा गरिदिए । चिता तयार भएपछि विकाशको लासलाई चितामा सुताइयो । जेठाबा भने अतिततिर फर्कदै थिए –
“बाहिर तिर जान्न जेठाबा, म त पार्टीतिर लाग्ने हो ।”
विदेशको कुरा उठाउ“दा एक दिन विकाशले भनेको थियो । घरको त्यो अवस्थामा सवै कुरा त्यागेर पार्टीमा लाग्ने कुरा गर्छ !– एक मन त हकाराँै जस्तो पनि लागेको थियो उनलाई तर कतै गलत आरोप लाग्ला कि भनेर उनले हकारेनन् । उनले घरको स्थिति देखाउदै निकै सम्झाएर विदेश जानका लागि राजी गराए । ऊ बेलाबेलामा प्रशासनले अनाहकमा दुःख दिएकोमा असन्तुष्ट थियो र बदला लिनका लागि पनि पार्टीमा लागेर मोर्चामा लड्ने विचार गर्दै थियो । “मुक्तियुद्धपछि गरिबी सबै छुमन्तर भइ हाल्छ – उसको यस्तै कल्पना थियो । उसलाई घरको तत्कालको समस्या समाधान गर्नका लागि तयार बनाउन निकै सम्झाउनु परेको थियो ।
जाने दिन निधारमा रातो अक्षताको टिका, गलामा पूmलको माला लगाएर आँगनमा उभिदै उसले भनेको थियो – “हस्त त जेठाबा, अब म लागेंँ । बा आमाको ख्याल गरिदिनु होला । अब दुई तीन वर्षपछि भेटौँला । भाइ बरालिएर हिड्न खोज्ला, गाली गरिदिनु होला । आपूmले पढ्न नसके पनि त्यसलाई चाहिँ पढाउनु पर्छ । म उताबाट पैसा पठाइ हाल्छु बालाई पनि बढी चिन्ता नलिन भन्नुहोला ।” त्यस दिन ऊ अरुदिन भन्दा समझ्दार कुरो गर्दै थियो ।
एकदिन विकाशको आमा झोक्राएर बसेको देख्दा जेठाबाले भनेका थिए – “किन चिन्ता लिन्छ्यौ कान्छी ? कमाउन ठाउ“मा पुगेको छ । ”
“तैपनि जेठाबा यो आमा बाबुको मन, सन्तानलाई सधै सानै देखिदो रहेछ । कहा“ बसेको छ, कसरी बसेको छ, के खाएको छ, चिन्ता लागि रहदो रहेछ ।”
“खुट्टा लागेको छोराको पनि चिन्ता गरेर हुन्छ । चिन्ता गर्न छाडिदेऊ । तिम्रो पनि अब दिन फिर्ने भए । विकाशे दुई चार वर्ष उतैतिर बसेर कमाउछ, यता भाइलाई पढाउँछ पनि, घर व्यवहार मिल्दै जान्छ, घरमा टिनको छाना हाल्यो, अलिकति जग्गा किन्यो अनि भने जस्तो भैहाल्छ । ऊ फर्केपछि सुशील केटी खोजेर विवाह गरिदियो, तिमी बुहारी कज्याएर बस्न पाइहाल्छौं ।” उनले सम्झाएका थिए ।
“त्यो त हो जेठाबा तर खै सपनाहरु बिग्रीरहन्छन ।” विकाशकी आमाले भनेकी थिई । के थाहा उनलाई आज यस्तो दिन देख्नु पर्छ भनेर !
बाबु चाहिँले चितालाई तीन पटक परिक्रमा ग¥यो र चितामा आगो झोस्यो । घाटे ब्राम्हणले चितामा ध्यू चिनी थप्दै लास जलाउन थाल्यो । चिता भर्भराउदै बल्दै थियो । मलामीहरु निर्निमेष भावमा चिता बलेको हेरिरहेका थिए । चिताको आगोसँंगै ऋण तिर्ने सपना, भाइलाई पढाउने सपना, घर छाउने सपना जग्गा जमिन जोड्ने सपना सब सपनाहरु जलिरहेका थिए ।
पारीपट्टि पशुपतिका भक्तजनहरु भजनमा झुमिरहेका थिए, मानौँ त्यहा“ केही भएकै छैन–

दुई दिनका पाहुना हौँ हामी
यो संसारको नाट्यशालामा …………………….. ।

समकालिन साहित्यबाट साभार ।

Loading...