संविधानसभा निर्वाचन पछि भेनेजुएलामा तनाब बढ्दै

कराकस/एजेन्सी । भेनेजुएलामा संविधानसभाको निर्वाचन सम्पन्न भएसँगै थप विवाद चर्किएको छ । निर्वाचनलार्इ विपक्षीहरूले बहिस्कार गरेका थिए । उनीहरूले निर्वाचनको विरोधमा प्रदर्शनसमेत गरेका छन् ।

भेनेजुएलाका निर्वाचन अधिकारीहरुले पनि संविधानसभाको निर्वाचनमा जम्मा ४१.५ प्रतिशत मत खसेको जनाएका छन् । यता विपक्षी दलले भने ८८ प्रतिशतले मतदान बहिस्कार गरेको दाबी गरेका छन् । उनीहरूले निर्वाचनलार्इ नै अवैध घोषणा गरेका छन् ।

मुख्य विपक्षी दलले निर्वाचनको नतीजा अस्वीकार गर्दै सोमबारदेखि थप विरोध प्रदर्शनका लागि आह्वान गरेको छ । भने अान्दोलन थप चर्किएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले भने सो निर्वाचनलाई एक क्रान्तिको रुपमा लिएको बताएका छन् ।

आइतबार सम्पन्न सो मतदानका क्रममा हिंशा चर्किएको र १० जनाले ज्यान गुमाएको एएफपीले जनाएको छ ।

ती दुई नेता विपक्षी दलका प्रभावशाली नेता भएकोले उनीहरुलाई घरमै नजरबन्द गरिएको जनाइएको छ ।

Loading...