पाकिस्तानमा प्रधानमन्त्री निर्वाचन हुँदै ६ जना चुनावी प्रतिस्पर्धामा

इस्लामाबाद । पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन गर्न निर्वाचन हुँदै छ । अाज हुने निर्वाचनका लागि ६ जनाको उम्मेद्वारी परेको छ ।

निवर्तमान प्रधानमन्त्री नवाज सरिफलाई अदालतले भ्रष्टाचारी ठहर गर्दै पद त्याग्न दवाव दिएपछि उहाँले राजीनामा दिएकाले पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयनको लागि निर्वाचन प्रक्रिया सुरू भएको हो ।

सरिफको पार्टी पाकिस्तान मुस्लीम लिगको तर्फबाट सहिद खाक्वान अब्बासीले प्रधानमन्त्रीका लागि संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

राष्ट्रिय संसद र तल्लो सदनका सदस्यहरुले मतदान गरेर प्रधानमन्त्री चयन गर्ने कानुनी व्यवस्था रहेको छ । प्रधानमन्त्रीको प्रतिश्पर्धाका लागि अन्य पाँच पार्टीका उम्मेदवारहरूले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन गराउने जिम्मेवारी पाएका संसद सचिवालयलका अधिकारीहरूले जानकारी दिएका छन् ।

यसरी उम्मेदवारी दिनेमा प्रतिपक्षी दलको संसदीय दलका नेता सइद खुर्सीद शाह छन् । उनी प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपल्स पार्टीका नेता हुन् ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल पाकिस्तान तेह्रिक इ इन्साफको तर्फबाट सेख रसिद अहमदले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिएका छन् । बीबीसीका अनुसार इस्लामिक पार्टी जमात इ इस्लामीका तर्फबाट सहिब्जाडा तरिक्कुल्लाह र मुताहिदा क्वामी मुभमेन्टले किसवार जाहराले उम्मेदवारी दिएका छन् ।

पाकिस्तानमा अहिले अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ ।

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाई सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ ।

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो ।

Loading...