परराष्ट्रमन्त्रीद्वारा ताइक्वान्दो खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दक्षिण कोरियाको इन्छन सहरमा हुन गइरहेको आइटिएफ एसियन च्याम्पियनसीप तथा कोरियन ओपेन ताइक्वान्दो प्रतियोगितमा भाग लिने खेलाडीलाई विजयको शुभकामना दिनुभएको छ ।

उक्त प्रतियोगितामा भाग लिने खेलाडी, रेफ्री एवम् अफिसियललाई उहाँले आज परराष्ट्र मन्त्रालयमा खादा एवम् माला लगाएर विजयको शुभकामना दिनुभएको हो । यही अगष्ट ३देखि ५ सम्म इन्छनमा हुने उक्त प्रतियोगतामा भाग लिन उहाँहरु आजै त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

उक्त टोलीको नेतृत्व आइटिएफ नेपालका संस्थापक अध्यक्ष एवम् अन्तर्राष्ट्रिय ए लेभेल रेफ्री लक्ष्मण बस्नेतले उक्त प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नुहुनेछ । त्यसैगरी ७० केजी जुनियर ब्लाकबेल्ट स्पाइकिङमा १६ वर्षीय शस्मन बस्नेतले भाग लिनु हुनेछ । उहाँले गत जुलाईमा बेलायतमा भएको विश्व तेक्वन्दो प्रतियोगितामा रजत पदक हासिल गर्नुभएको थियो ।

त्यस्तै ५८ केजी एडल्ट समुहमा गयाजी खड्काले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँले २०१० मा बेलायतमा भएको ब्रिटीस ओपनमा कास्य पदक हात पार्नुभएको थियो । टीम मेनेजरमा केदार बुढाथोकी हुनुहुन्छ ।

Loading...