पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित

इश्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीका रूपमा शहीद खकान अब्बासी निर्वाचित भएका छन् । पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता अब्बासीलार्इ मङ्गलबार प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएका थिए । नवनिर्वाचित अब्बासीलाई संसदको ३४२ सदस्य मध्ये २२१ मत प्राप्त भएको थियो ।

Loading...