भरतपुर १९ मा काँग्रेसको प्यानलनै विजयी रेणुले मतान्तर घटाइन् ज्ञवाली २२१ मतले अगाडि

चितवन । शुक्रबार भएको भतरपुर महानगरपालिकाको वडा नं. १९ को मतदानको परिणाम सार्वजनिक भएको छ । यहाँ काँग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरूङको प्यानल नै विजयी भएको छ । उनले १४७८ मत ल्याउँदा एमालेका वडाध्यक्षका उम्मेद्वारले १०९७ मत ल्याएका छन् ।

यस वडाले काँग्रेस माअोवादी गठबन्धनकी उम्मेद्वारलार्इ धेरै मत दिएको छ । उनले एमाले उम्मेद्वार देवी ज्ञवालीसँगको दुरीलार्इ घटाउन सफल भएकी छन् । यस वडाको मतगणना सकिँदा उनी २२१ मतले एमाले उम्मेद्वार भन्दा पछाडि छन् ।

देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत ल्याएकी छिन्।

Loading...