राहुल गान्धीमाथि मोदीको गृहजिल्लामा अाक्रमण

काठमाडौँ । भारतीय काँग्रेस पार्टीका उपाध्यक्ष राहुल गान्धीमाथि शुक्रबार गुजरातमा अाक्रमण भएको छ ।
नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको अधिकारीहरुले बताएका छन्। आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको झ्यालको सिसा फुटेको छ।

कांग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा समेत रहेका राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए। ‘धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको हो, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,’ जिल्ला प्रहरी प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीमाझ बताए।

कांग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (विजेपीका) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ।

Loading...