भरतपुर २० को ४०० मत गन्दा रेणुले पाइन् ज्ञवालीले भन्दा ५१ मत बढी, ज्ञवाली १७० मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकालार्इ मेयर दिलाउने वडाको रूपमा हेरिएको २० नं. वडाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ४०० मत गणना हुँदा रेणुले अग्रतालार्इ छोट्याँउदै लगेकी छन् । यस वडामा अाइपुग्दा रेणुले १७४ मत ल्याउँदा ज्ञवालीले १२३ मत ल्याएका छन् ।

अहिलेसम्मको मत परिणाम अनुसार एमाले उम्मेदवार देवि ज्ञवालीले ४२०६९ मत ल्याएका छन् भने रेणु दाहालले ४१८९९ मत ल्याएकी छन् । अहिलेसम्म देवी १७० मतले अगाडि छन् । भरतपुर १९ को मतगणना सकिँदा ज्ञवाली २२१ मतले अगाडि थिए ।

Loading...