भरतपुर अपडेटः २० नं. वडाको ८०३ मत गनियो रेणुले मतान्तर घटाउँदै (कसको कति मत ?)

चितवन । भरतपुर महानगरपालिकालार्इ मेयर दिलाउने वडाको रूपमा हेरिएको २० नं. वडाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ८०३ मत गणना भएको छ । काँग्रेस माअोवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले मतान्तर घटाउँदै लगेकी छन् ।

अहिले रेणु भन्दा एमाले उम्मेदवार देवि ज्ञवालीको १५३ मत बढी छ । अहिलेसम्मको मत परिणाम अनुसार एमाले उम्मेदवार देवि ज्ञवालीले ४२२०१ मत ल्याएका छन् भने रेणु दाहालले ४२०४८ मत ल्याएकी छन् ।

Loading...