भरतपुर अपडेटः भरतपुर २० को १६ मत गन्दा ज्ञवाली रेणु भन्दा ४ मतले अगाडि

चितवन । भरतपुर २० को जारी मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन् । वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तरलार्इ ४ मा झारेकी छन् ।

२० नम्बर वडाको १६०० मत गन्दा देवी र रेणुबीचको मतअन्तर चार रहेको छ। मतपरिणाम अनुसार देवी ज्ञवालीको ४२ हजार ४ सय १८ मत रहेको छ भने रेणु दाहालको ४२ हजार ४ सय १४ मत रहेको छ ।

Loading...