भरतपुरमा रेणुले उछिनिन् एमालेका देवीलार्इ

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस—माओवादी गठबन्धनकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई ५७ मतले पछि पारेकी छन्।

वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।

वडा नम्बर २० को दुई हजार मत गणना सकिँदा रेणु दाहालले ४२५८९ मत प्राप्त गरेकी छन् भने देवी ज्ञवालीले ४२५३२ मत ल्याएका छन् । अब यहाँ १ हजार ३०२ मत गणना गर्न बाँकी रहेको छ। यही ट्रेन्ड जारी रहे दाहाल मेयरमा विजयी हुने सम्भावना बढेको छ।

Loading...