भरतपुर अपडेटः रेणु दाहाल एमालेका ज्ञवाली भन्दा ९९ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस—माओवादी गठबन्धनकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई ९९ मतले पछि पारेकी छन्।

वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।

वडा नम्बर २० को दुई हजार मत गणना सकिँदा रेणु दाहालले ४२ हजार ७४४ मत प्राप्त गरेकी छन् भने देवी ज्ञवालीले ४२ हजार ६४५ मत प्राप्त गरेका छन्। यहाँको २४ सय मत गनिसकिएको छ ।

Loading...