जित तर्फ रेणु दाहालः ५०१ मत गन्न बाँकी छँदा १५६ मतले अगाडि, उपमेयरमा काँग्रेसकी शाहको जित पक्का

चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेस—माओवादी गठबन्धनकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई १५६ मतले पछाडि पारेकी छ ।

वडा नम्बर १९ मा अग्रता कायम गरेकी रेणुले २० नम्बर वडामा पनि निरन्तर रुपमा अग्रता कायम गर्दै मतअन्तर घटाउँदै लगेकी हुन्।

वडा नम्बर २० को दुई हजार मत गणना सकिँदा रेणु दाहालले ४२ हजार ९१३ मत प्राप्त गरेकी छन् भने देवी ज्ञवालीले ४२ हजार ७५७ मत प्राप्त गरेका छन् । यहाँको २८ सय १ मत गनिसकिएको छ ।

५ सय १ मत गणना हुन बांकी रहदां दाहालले १ सय ५६ मतको अग्रता लिएर गठबन्धनलार्इ जित तर्फ डोराएकी छन् । यसैबीच उपमेयरमा काँग्रेस माअोवादी गठबन्धनकी पार्वती शाहको जित पक्का छ । पाँच सय १ मत गन्दा उनी एमाले उम्मेदवार दिव्या अाचार्य भन्दा ३ हजार माथिको अग्रतामा छिन् ।

Loading...