भरतपुर महानगरमा काँग्रेस माअोवादी गठबन्धन विजयी, मेयरमा रेणु दाहाल उपमेयरमा पार्वती शाह

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल विजयी हुनुभएको छ । उनले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०३ मतले पछाडी पार्दै विजयी भइन् । रेणु दाहालले ४३ हजार १२७ मत ल्याउँदा एमालेका ज्ञवालीले ४२९२४ मत ल्याएका छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी हुनुभएको छ । औपचारिक घोषणा गर्न बांकी छ ।

Loading...