भरपतुरले पायो महिला मेयर र उपमेयर, मेयरमा रेणु दाहाल उपमेयरमा पार्वती शाह निर्वाचित

चितवन । भरतपुर महानगरपालिकाको मतगणना सकिएको छ । महानगरको मेयरमा कांग्रेस–माओवादी गठवन्धनकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २ सय ३ मतले पछाडी पार्दै निर्वाचित भएको जिलला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मेयरमा राप्रपाका उम्मेद्वार बद्री तिमिल्सिनाले  ६८४२ मत ल्याएका छन् । यस्तै उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह विजयी भएकी छन् । उनले ४७१९७ मत ल्याँउदा एमालेकी दिव्या अाचार्यले ३९५२५ मत ल्याइन् । राप्रपाकी उपमेयरकी उम्मेद्वार रिना गुरूङले ७२५२ मत ल्याएकि छन् । 

वडा नं. २० को वडाध्यक्षसहित काँग्रेसको प्यानल विजयी भएको छ । यहाँ काँग्रेसका मनिलाल तामाङले १४४७ मत ल्याएर विजयी भएका छन् । वडाध्यक्षमा एमालेका उम्मेद्वारले ८८४ मत ल्याएका छन् ।

Loading...