अब सर्वसाधरण नेपालीले पनि जहाज किन्न पाउने

काठमाडौं । नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ । नेपालको विद्यमान कानूनमा निजी प्रयोजनका लागि हवाईजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको अाजको कारोबार दैनिकमा समाचार छ ।

यसबाट नेपालका धनाढ्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।

हाल मस्यौदाकै चरणमा रहेको नियमावलीले पुरानो व्यवस्था हटाउँदै नयाँ प्रावधान लागू गर्न लागेको हो । मन्त्रालयले पहिलोपटक ल्याउन लागेको उक्त नियमावली केही साताभित्रै कानून मन्त्रालय पठाउने तयारीसमेत गरेको छ ।

Loading...