भरतपुरमा जित पछिको काँग्रेस–माओवादीको उत्साह (तस्विरमा हेर्नुहोस विजय उत्सब)

- राजेन्द्र/माया

चितवन । चितवनको भरतपुर महानगरपालिकामा विजयी हात पारेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले आइतवार विजयी जुलुस निकालेको छ । मेयरमा गठबन्धकी रेणु दाहाल र उपमेयरमा पार्वती शाह विजयी भएपछि आइतवार भरतपुरमा विजयी जुलुस निकालिएको हो ।

चौविसकोठी चोकबाट सुरु भएको जुलुस नारायणगढको पुल्चोकमा पुगी समापन भएको थियो । हजारौंको संख्यामा सहभागि नेता तथा कार्यकर्ताहरुले अविरले रंगीएर नारा लगाएका थिए । उनीहरुले रेणु पार्वती हाई हाई, कांग्रेस–माओवादी भाई भाई भन्दै नारा लगाएका थिए ।

जुलुस सुरु हुनुभन्दा अघि चौविसकोठीमा कोणसभा गरिएको थियो । सो सभामा बोल्दै नवनिर्वाचित मेयर रेणु दाहालले भरतपुरको विकासमा सबैसंग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाले अफूलाई जिताउन सहयोग गर्ने दुवै पार्टीका नेता तथा कार्यकता, भरतपुरबासी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै उपमेयर पार्वती शाहले मेयर र उपमेयर मिलेर भरतपुरलाई समृद्ध नगरको रुपमा विकास गरिने प्रतिवद्धता जनाउनुभयो । उहाले उपमेयरमा जिताउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उपमेयर शाहले भरतपुरवासीले दिनुभएको मतले गर्दा जित हात पार्न सफल भएको बताउनु भएकोछ ।

सो क्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, माओवादी नेता अमिक शेरचनले बोल्दै गठबन्धनको जितले भरतपुरको विकास निर्माणले तिव्रता पाउने बताए । उनीहरुले अरु पार्टीलाई गाली नगरि यहाको विकास निर्माणलाई अघि बढाईने बताए ।

गएराती सम्पन्न मतगणनामा गठबन्धनकी मेयर दाहालले एमाले उम्मेद्वार देवी ज्ञवालीलाई २०३ मतको अन्तरले पराजित गर्नुभएको थियो भने उपमेयरमा शाहले एमालेकी दिव्य शर्मा आचार्यलाई झण्डै ८ हजार मत अन्तरले पराजित गर्नुभएको थियो ।

 

Loading...