चितवनका पाँच डेरीबाट दुधको नमुना संकलन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर क्षेत्रका ५ वटा दुध डेरीको नमुना उठाएको छ । दुधमा चिनि मिसाएको पानी हालेको जस्ता गुनासाहरु आएपछि हाकिम चोकको ४ वटा र मालपोत चोकको १ वटा डेरीको सेम्पल संकलन गरी क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटोडामा परिक्षणका लागी पठाएको छ ।

प्रकाश डेरी उद्योग हाकिमचोक,लक्ष्मी दुध डेरी, महालक्ष्मी डेरी उद्योग , ओम सान्ती दुध डेरी ,कन्चन डेरी उद्योग मालपोत चोह को दुधको सेम्पल उठाएर हेटौडा पठाएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक प्रबिन तिवारी ले बताउनु भयो । अनिहरुको दुधमा खराबी आए मुद्धा चलाईने उहा बताउनु हुन्छ ।

उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्नेहरुलाई कारबाहि गर्नु पर्ने र अनुगमनका कामहरुलाई तिब्रता दिनु पर्ने सर्वसाधारणहर बताउछन् । त्यस्तै टोलीले मालपोत चोकका ४ वटा मासुपसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अवेबस्थित र बिना दर्ता सञ्चालनमा रहेको महमद अरमाद मिट सप्लार्यसबाट ४ वटा खसिका टाउको नस्ठ गरेको छ भने एक हप्ता भित्र दर्ता गर्न निर्देशन दिएको छ ।

एक हप्ता भित्र दर्ता नगरे पसल बन्द गरिने जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताउनु भयो । त्यस्तै अन्य निराज मिट सप्लायर्स, नेहाल फ्रेस हाउस र लक्ष्मी फेस हाउसलाई पनि कागजी प्रक्रिया पुरा गरी ब्यवस्थीत तवरले पसल सञ्चालन गर्न निर्देशन दिएको उहा बताउनु हुन्छ

Loading...