चिकित्सक केसीको माग पुरा गर्न माग

चितवन । डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै सोलीडारिटी फर डाक्टर केसी एलायन्सले बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाा समक्ष ज्ञापन पत्र पेश गरेको छ ।

डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका जायज माग राखी आवरण अनशन गरेको र सरकारले त्यसप्रति गरेको व्यवस्था प्रति ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाइृएको छ । चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै डा. केसी ११ औं पटकको अनसन बस्नुभएको हो ।

डा. केसीका मागहरु सम्बोधन हुनुपर्ने माग गरिएको सोलीडारिटी फर डाक्टर केसी एलायन्सका संयोजक अमर घिमिरेले बताउनुभएको छ । राजनैतिक परिबर्तन पश्चात पनि हाल सम्मका सरकारले आम नागरिकका स्वास्थ्य र शिक्षासंग प्रत्यक्ष सरोकार राख्ने जायज मागहरु तत्काल पुरा गर्नका लागि ऐक्यबद्धता रहेको र डाक्टर केसीका माग पुरा गर्नका लागि माग गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझदै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटले सम्बन्धित निकायमा पत्र पु¥याउने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

साथैसरकारले माग पुरा गर्न ढिलाई गरेको भन्दै दबाबका लागि बुधबार चौबिसकोठी भरतपुरमा रिले अनसन पनि गरिएको थियो । त्यस्तै देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै उनीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन् । विरोधमा उत्रिएका चिकित्सकहरुले केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् ।

नेपाल चिकित्सक संघ (गोदान) ले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् । संघले केसीको मागबारे सरकारले मौनता यथावत राखेमा कडा संघर्षका कार्यक्रम गर्ने जनाएको छ । संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत मंगलबार दिएको छ । चिकित्सा क्षेत्रका विविध विषयको सुधार माग गर्दै केसी ११ औंपटक अनसन बसेको भएपनि सरकारले उनको माग सुनुवाइ गरेको छैन । अनसनरत केसीको माग पूरा गराउन देशभर दबाब बढिरहेका बेला सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले विरोध थालेका हुन् ।

Loading...