गुरुङ भाषाको चलचित्र मैरिमोको विशेष प्रदर्शन हुने

चितवन । गुरुङ भाषाको चलचित्र मैरिमो नेपालमा पहिलो पटक चितवनमा प्रदर्शन गरीने भएको छ । आदिवासी चलचित्र महोत्सव २०१७ मा उत्कृष्ट पांचमा मनोनित चलचित्र यही साउन २९ र ३० गते चितवनमा प्रदर्शन गरीने भएको हो ।

तमु प्ये ल्हु संघको अग्रसरतामा चितवनमा चलचित्रको च्यारीटी शो गर्न लागिएको बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । अधिकांश आदिवासी समुदायले बनाएका चलचित्र आफ्नै समुदायका व्यक्तिले माया गरेर टिकट काटिदिने परम्पराको अन्त्य गर्दै सबैको लागि चलचित्र बनाउन जमर्को गरेको चलचित्र निर्देशक भोजबहादुर गुरुङले जानकारी दिए । भाषाकै कारण टिकट विक्री नहुने र विक्री भएपनि चलचित्र हेर्नका लागि नजाने परिपाटी अन्त्य गर्न आवश्यक रहेको उनको भनाई छ ।

गुरुङ समुदायकै पुस्ताले समेत आफ्नो भाषा नबुझ्ने हुंदा चलचित्रलाई सबैले बुझ्ने बनाउन नेपाली सबटाइटल राखिएको चलचित्र निर्देशक गुरुङले बताए ।मुनाल फिल्म्स प्राइभेट लिमिटेडको व्यानरमा २० लाखको लगानीमा चलचित्र तयार गरीएको उनले बताए । दमन घले, प्रेम गुरुङ, सपना गुरुङ, शेशुवा गुरुङ, अमिर गुरुङ, गजेन्द्य्र गुरुङको मुख्य अभिनय रहेको चलचित्रका निर्माण नियन्त्रक बालकाशी गुरुङ रहेकाछन् । केयर सिंह गुरुङको कथा र रोशन गुरुङको पटकथा रहेको चलचित्र प्रेम गुरुङ र सपना गुरुङको निर्माण गरेकाहुन् ।

लमजुंगको शैलुंगमा छायांकन गरीएको चलचित्रमा आश गुरुङ, प्रेम गुरुङ र अमिर गुरुङको शब्दमा ३ वटा गित समावेश गरीएको छ जसमा तेजेन्द्र गुरुड्डले संगित भरेकाछन् । चलचित्रका कलाकारलाई नृत्यनिर्देशक नेत्र गुरुड्डले नचाएकाछन् ।यस अघि अमेरीकाको न्यूर्योक र यूरोपका केही शहरमा प्रदर्शन गरीएको चलचित्र चितवन पछि पोखरा प्रदर्शन गर्ने तयारी भएको उनले बताए । आदीबासी समुदायको चलचित्र भन्दै सबै प्रकारका चलचित्रको टिकट काट्न बाध्य समुदायलाई केही गुणस्तर पस्कन कोशिश गरीएको कलाकार समेत रहेका
अमिर गुरुड्डले बताए । तमु प्ये ल्हु संघ चितवनका अध्यक्ष जगत बहादुर गुरुङ, उपाध्यक्ष तुलाराम गुरुङ ले भाषाको विकासका लागि पनि चलचित्र हेर्न जरुरी रहेको भन्दै सबैलाई आग्रह गरेकाछन् । २९ गते जलमा हलमा शुभेच्छुकहरुले आफुले चाहे अनुसार एक हजार र सो भन्दा माथी सहयोग रकम तिरेर चलचित्र हेर्न सक्ने संस्थाका विक्रम तमुले जानकारी दिएकाछन् ।

यस्तै ३० गते गणेश चलचित्र हलमा २ सय ५० र ५ सय को टिकट काटेर बिहान ९ र १२ बजेको दुइवटा शो गरीनेसर्वसाधारणले चलचित्र हेर्न सक्ने उनले बताए ।

नेपालमा गुरुङ भाषको चलचित्र २०५२ साल देखि निर्माण हुन थालेको पाइन्छ । गुरुङ फिल्म एशोसिएसन जिफान अन्र्तगत हालसम्म एक सय १५ वटा चलचित्र बनिसकेकाछन् ।

Loading...