चिकित्सक केसीको समर्थनमा चितवनमा स्वास्थ्यकर्मी आन्दोलित, रिले अनशन सुरु

चितवन । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै विगत १८ दिनदेखि आन्दोलनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवनरक्षार्थ चितवनका चिकित्सकहरु सशक्त आन्दोलनमा उत्रिने भएका छन् ।

नेपाल चिकित्सक संघ चितवन शाखाले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि प्राध्यापक डाक्टर गोविन्द केसीको मागहरुको सम्बोधन र उनको जीवन रक्षाको अपिल गर्दै जस्तो सुकै संघर्षका कार्यक्रम पनि सञ्चालन गर्न सकिने बताएको छ ।

पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष डाक्टर कृष्ण प्रसाद पौडेलले केसीको ११ औँ पटकको आन्दोलन जारी रहदासम्म पनि सरकारले उनको माग सम्बोधनमा कुनै चासो नदिएकाले अब आफूहरु समेत सशक्त भएर आन्दोलन गर्ने बताए । केसीले जायज मागहरु राखेर आन्दोलन गरिरहदा समेत सरकारले त्यो मागहरु पुरा गर्न चासो नदिनुले सरकार चिकित्सा क्षेत्रप्रति उदासिन रहेको प्रष्ट हुने पौडेलले बताए ।

सोलिडारिटी फर डाक्टर केसी अलायन्सका डाक्टर जीवन क्षेत्रीले प्राडा केसी पटक पटक आन्दोलन गरिरहदा समेत सरकारले उनको अनसनलाई तोड्ने मेलो मात्रै गरेर माग प्रति बेवास्ता गरेको बताए । केसीको माग सम्बोधन भएमा चिकित्सा शिक्षामा रहेको विकृतिको अन्त्य हुने र सर्वसाधारण नेपालीले समेत मेडिकल शिक्षा प्राप्त गर्ने बाटो खुल्ने क्षेत्रीको भनाइ थियो । पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघ चितवनका सचिव डाक्टर भोजराज अधिकारीले चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डाक्टर केसी ११ औँ पटकसम्म अनसन बस्न बाध्य हुनुपरेकोमा नेपाल चिकित्सकको संघ गम्भीर ध्यानाकर्षण भएको बताए ।

यसैबीच सोलीडारिटी फर डाक्टर केसी एलायन्सले बुधबारदेखी भरतपुर चौबिसकोठीमा रिले अनशन गरेको छ । डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको भन्दै रिले अनशन गरिएको सोलीडारिटी फर डाक्टर केसी एलायन्सका संयोजक अमर घिमिरेले बताउनुभएको छ ।

डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका जायज माग राखी आवरण अनशन गरेको र सरकारले त्यसप्रति गरेको व्यवस्था प्रति ध्यानाकर्षण दबाब स्वरुप रिले अनशन गरिएको उहाले बताउनुभएको छ । चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने लगायतका माग गर्दै डा. केसी ११ औं पटकको अनसन बस्नुभएको हो ।

रिले अनशनमा ४ जनको समुह ६ ÷ ६ घण्टामा परिबतृन हुने गरि जारी रहेको सोलीडारिटी फर डाक्टर केसी एलायन्सका सदस्य तथा बिबेकशिल साझा पार्टीका चितवन कार्यपालीका प्रमुख गणेश सुबेदीले जानकारी दिनुभएको छ । त्यस्तै बुधबार सोलीडारिटी फर डाक्टर केसी एलायन्सले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवाा समक्ष ज्ञापन पत्र पेश गरेको छ । डा. केसीले स्वास्थ्य र शिक्षा क्षेत्रका जायज माग राखी आवरण अनशन गरेको र सरकारले त्यसप्रति गरेको व्यवस्था प्रति ध्यानाकर्षण भएको बिज्ञप्तीमा जनाइृएको छ ।

Loading...