तीज गीतमा झुम्दै सिड्नीबासी

सिड्नी , साउन २६ । अष्ट्रेलियाको सिड्नीमा शुक्रबार तीज रमझम साँझ २०१७ को आयोजना हुँदैछ ।

ग्लोबल कन्सल्ट, डिलाइटेड टुर्स एण्ड ट्राभल, रेष्ट ग्रुप र एन के रेमिटको संयुक्त आयोजनामा सिड्नी स्थित रेष्ट बरुकमा हुने साँगितिक कार्यक्रममा चर्चित गायक खुमन अधिकारी, गायिकाहरु रमिला न्यौपाने , देवी घर्तीमगर र नायिका बर्षा राउत लगायत स्थानिय नेपाली कलाकारहरुले प्रस्तुति दिने छन् ।

कार्यक्रमको पुरै टिकट विक्री भैसकेकोले कार्यक्रम भव्यहुने आयोजकहरुको भनाई छ ।

कार्यक्रमका संयोजक एवं ग्लोबल कन्सल्टका प्रबन्ध निर्देशक दिपक क्षेत्रीले सिड्नीका नेपालीलाई नेपालमै तीज मनाएको महसुस हुने गरि कार्यक्रम गरिने जानकारी दिए ।

 

Loading...