जीवनशैली र स्वास्थ्य सुधानका लागि तालिम

चितवन । संयुक्त जेसिज सप्ताह अन्र्तगत शुक्रबार नारायणगढमा जिवनशैली र स्वास्थ्य बिषयक तालिम कार्यक्रम सम्पन्न भएको छ । नारायणगढ जेसिज र नारायणगढ लेडी जेसिजको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो ।

सो तालिमको प्रशिक्षक तथा प्रमुख अतिथीको रुपमा प्रशिक्षक हेमराज कोइराला रहनुभएको थियो । उहाले व्यक्तिको जिवनशैलीले नै उसको स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकाले स्वस्थ्य जिवनशैली अपनाउनमा जोड दिनुभएको थियो ।

नारायणगढ जेसिज र नारायणगढ लेडी जेसिजमा आबद्ध ५० जना व्यक्तिहरुको सो तालिममा सहभागिता रहेको थियो । लेडी जेसिजकी पुष्पा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम लेडी जेसिजका अध्यक्ष निर्जनी प्रधान रहनुभएको थियो ।

Loading...