बाढीले जिप डुबाउँदा गर्भवती महिलासहित ६ को मृत्यु

रौतहट । लगातारको वर्षापछि अाएको बाढीले गर्भवती महिलालार्इ अस्पताल लैजाँदै गरेको गाडी डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको छ ।

प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँदै गरेको जीप बाढीले बाटो कटान गरेको स्थानमा डुबेको थियो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप बाढीले कटान गरेको क्षेत्रपमा डुबेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । उनका अनुसार जिपमा रहेका ६ जनाको मृत्यु भएको छ । जिपमा रहेका २ जना भने सकुशल बाहिर निस्किएका थिए ।

मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ ।

चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत डुबानमा परेको छ ।

Loading...