अनशनबाटै केसीको चिकित्सकलार्इ अाग्रह: देश विपतमा छ, अान्दोलन छाडेर सेवामा लाग्नुस

काठमाडौँ । २१ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीले बाढी पहिरोले देश अाक्रान्त भएका वेला चिकित्सकहरूलार्इ स्वास्थ्य सेवामा लाग्न अाग्रह गरेका छन् । केसीको समर्थनमा अाकास्मिक बाहेकका सेवा बन्द गरेर अान्दोलनरत चिकित्सकलार्इ केसीले यस्तो अाग्रह गरेका हुन् ।

उनले देशमा विपत् अाइपरेका बेला सबै चिकित्सकलार्इ सेवामा लाग्न अपिल गरे । उनले यस्तो अवस्थामा चिकित्सकहरूले स्वास्थ्य उपचार बन्द गर्नु पेसागत मर्यादाविपरीत भन्दै डा. केसीले जस्तोसुकै अवस्थामा पनि बिरामीको उपचार नछाड्न चिकित्सकहरूलाई आह्वान गरेका हुन् ।

Loading...