गृहमन्त्रालयका अनुसार बाढी-पहिरोका कारण ३७ जनाको मृत्यु

काठमाडौँ । शुक्रवार देखिको अविरल बर्षाका पछिको बाढी पहिरोका कारण अहिलेसम्म देशभरी ३७ जनाको ज्यान गएको छ।

गहृमन्त्रालका अनुसार सुनसरीमा ८, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर र बाँकेमा ३/३, बारा र दाङमा २/२, पाल्पा, बर्दिया र मकवानपुरमा एक/एक जनाको ज्यान गएको छ।

त्यस्तै बाढी पहिरोमा परी हजारौं विस्थापित भएका छन्। लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न कठिनाई भएको सरकारले जनाएको छ।

Loading...