बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या ५१ पुग्यो, १६ घाइते ८ वेपत्ता

काठमाडौँ । लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ५१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ । गृहमन्त्रालयको आइतबार बिहान १० बजे सम्मको रेकर्ड अनुसार मृतकको संख्या ५१ पुगेको हो । त्यस्तै १६ जना घाइते भएको र ८ जना वेपत्ता भएका छन् ।

क्षतिको विवरण अाउने क्रम जारी छ । यो संख्या अझै बढ्न सक्ने देखिन्छ । मन्त्रालयका अनुसा सिन्धुली ४, सुनसरी ८, बाँके ३, वारा १, सार्लाही २, मोरङ ५, मकवानपुर ६, धनुषा १, झापा २ रौतहट ७, दाङ २, पाल्पा १, सुर्खेतमा २ जनाको मृत्यु भएको छ । पाँचथरमा ३ तथा बर्दियामा १ जनाको मृत्यु भएको छ ।

Loading...