बसन्तपुरको नौतले दरवार पुनःनिर्माणको चिनियाँ उपप्रधानमन्त्री द्वारा शिलान्यास

काठमाडौँ । बसन्तपुर दरवारक्षेत्रमा रहेको नौतले दरवारको पुनःनिर्माण कार्य सुरू भएको छ । पुनःनिर्माणको सुभारम्भ मंगलबार चिनयाँ राज्य परिषदका उपप्रधानमन्त्री वाङ याङ र नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त रूपमा गरेका हुन् ।

विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएको दरबारको पुनःनिर्माणका लागि चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोग गर्दै छ । पुनःनिर्माण सुभारम्भका लागि अायोजित कार्यक्रममा कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव, चीनका वाणिज्य उपमन्त्री तथा अन्तर्राष्ट्रिय व्यापार उपप्रतिनिधि पूर्व उद्योगमन्त्री नविन्द्र राज जोसी, चीनका लागि नेपालका राजदुत लीलामणि पौडेल, चिनिया राजदुत यु होङसहित नेपाल भ्रमणमा रहेका चिनियाँ टोलीका सदस्यहरूको उपस्थिति थियो ।

चीनले पाँच वर्षमा करिब रु १५ करोडको लागतमा नौतले दरबार पुनःनिर्माण सम्पन्न गर्ने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

Loading...