दराई जातिको संस्कार र संस्कृतिबारे पुस्तक सार्वजनिक

चितवन । देशमा रहेको १ सय २३ जातिको भाषाहरु मध्य १ रहेको दराई भाषाको उत्थानको लागि नेपाल दराई उत्थान समाज चितवनले दरै जातिको संस्कार र संस्कृति पुस्तक मंगलबार विमोचन गरिएको छ ।

नेपाल खरे पैवासी सेवा समाज कतारको आर्थिक सहयोगमा संयुक्त रुपमा पैकाशन गरिएको पूस्तकलाई नेपाल आदिवासी जनजाति महासंध संधिय परिषद् चितवनका अध्यक्ष पदम बहादुर गुरुङले एक कार्यक्रमका विच मंगलबार विमोचन गर्नु भएको हो ।भाषाको संरक्षण गर्नको लागि प्रकाशनमा त्याईएको पुस्ककलाई दराई भाषमा नै प्रकासन गरिएको छ ।

संस्कार , विवाह संस्कार , मृत्यु पछिको संस्कार र चाडवाडको बारेमा पुस्तकमा विस्तृत जानकारी दिईएको छ । पुस्तकलाई आनन्द दरै र सन्त बहादुर दरैले लेख्नु भएको हो । पुस्तक प्रकासन संगै मंगलबार नै नेपाल दराई उत्थान समाजका ८ जना पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । सम्मान हुनेमा बुद्धिराम दरै , स्वर्गिय गुणीराम दरै , मान बहादुर दरै , रामु दरै, मंगलराम दरै , आनन्द दरै , तपिया दरै , लक्ष्मण दरै रहनु भएको छ । सम्मान कार्यक्रममा राम बहादुर दरैको सभापतित्व रहेको थियो ।

Loading...