हंश बहुउद्देशिय सहकारीको साधारण सभा सम्पन्न

चितवन । हंस बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले शनिबार १४ औ बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएको भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले सहकारी प्रति जनताको आश र भरोसा बढेको बताउनुभयो । सहकारीको सेवाबाट कुनै पनि जनताहरुले पाएको बताउनुभयो ।

अहिलेको अवस्थामा चितवनमा यस सहकारीमा जनताहरुको भरोसाहरु झन बढ्दै गएको बताउदै उहाले देशमा सबै सहकारीहरुबाट ६० हजार जनताले रोजगार पाएको समेत बताउनुभयो । यस सहकारीले समाजमा उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यहरुमा र दैविक प्रकोप जस्ता कार्यहरुमा सक्रिय ढंगले लागेको बताउनुभयो । उहाले भरतपुर महानगरपालिकाले सबै सहकारीहरुलाई सहयोग र सहकार्य गरी निति, निर्माण तर्जु गरेर सहकारीलाई ब्यबस्थित तरीकाले लैजान सहयोग गर्ने बताउनुभयो ।

सहकारीले हाल १० प्रकारका बचत कार्यक्रम सञ्चालन गरेको छ भने ८ प्रकारका ऋण प्रवाह गर्दै आएको छ । १ सय ५१ जना सदस्यबाट सुरु गरिएको यो सहकारीमा हाल २६ सय ७९ जना शेयर सदस्य छन् । २०५६ साल चैत्र २० गते सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरमा दर्ता नं १४९ मा दर्ता भई वि.सं २०६७ साल देखि संस्था सन्चालन गरिएको हो ।

नारायणगढको शहिदचोकमा सहकारीको मुख्यालय रहेको छ भने सो सहकारीको सेवा केन्द्रहरु टाडि र विजयनगरमा समेत रहेको छ । कार्यक्रममा सहकारी संस्थाका समस्या, सहकारीको महत्व, सहकारी बिचको अन्तक्र्रिया लगायतका विषयमा छलफल गरिएको थियो । सो कार्यक्रममा चितवन उधोग वाणिज्य संघका उपाध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिकाका १ नम्बर वडाका वडाध्यक्ष जयराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक दिपक थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

Loading...