संविधान दिवसमा साहित्यवाचन

चितवन । संविधान दिवस को अवसरमा सिर्जन साहित्य प्रतिष्ठानको आयोजना र गैडाकोट नगरपालीकाको सहकार्यमा रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । धेरकोै बलिदानीले देशको परिबर्तन र संबिधान निर्माणका भएको गैडाकोट नगरपालीकाका प्रमुख छत्रराज पौडेलले बताउनुभएको छ ।

कार्यक्रममका प्रमुख अतिथी समेत रहनुभएका उहाले जनताको प्रतिनिधित्व गर्दे जनप्रतिनिधिमा निर्बाचित भए पनि पुर्ण रुपमा गर्ने अधिकार अझै प्राप्त गर्न नसकेको बताउनुभएको छ । धेरै सम्भावना रहेको हाम्रो देशमा कृषि संगै अन्य क्षेत्रको बिकास गरि समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो । साहित्यले समाजका भएका सम्पुर्ण कुरालाई उजागार गर्ने बताउदै सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

सिहदरबारको अधिकार गाउ गाउमा आयको भनियता पनि जनप्रतिनिधिले काम गर्न नपायको गैडाकोट नगरपालीकाकी उपप्रमुख बिष्णु कुमारी कडेलले बताउनुभएको छ । साथै उहाले साहित्यको उत्थान र बिकासको लागी सहयोग र सहकाय गर्ने प्रतिबद्धता समेत सोही अवसरमा जनाउनुभएको छ ।

भाषाबिद डाक्टर मतिप्रसाद ढकाल , साहित्यकारहरु भुपेन, पुस्प अधिकरी अन्जली, बालकृष्ण थपालिया, बिनोद अनुज ,सुजन अधिकारी भानु सापकोटा लगायत अग्रज तथा अनुज श्रष्टाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मायापे्रम संगै देशप्रम , संबिधान र बिकासका कुराहरु समाबेश गरिएका रचनाहरु श्रष्टाहरुले बाचन गर्नुभएको थियो । सिर्जन साहित्य प्रतिष्ठानका सदस्य लेखराम सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कायृक्रम अध्यक्ष सुर्य प्रकास अधिकारिको सभपतित्वमा भएको हो ।

Loading...