वीरगञ्ज महानगरमा राजपा अगाडि

काठमाडौँ । प्रदेश २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुँदा राष्ट्रिय जनता पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस अगाडि दोस्रो स्थानमा र संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ।

१०० मत गणना हुँदा राजपा नेपालका प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले ३६, नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार अजय द्विवेदीले २७ मत ल्याएका छन् । संघीय समाजवादी फोरमका विजय सराबगीले २१ र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ६, नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ६ र नेकपा एमालेका बसुरुद्धिन अन्सारीले ४ मत पाएका छन्।

Loading...