मिस ग्राण्ड इन्टरनेसनलको प्रतिस्पर्धामा जिनस

गतवर्ष मिस ग्रयान्ड नेपाल २०१७ को उपाधी जितेकी जिनस लामा मिस ग्य्राण्ड इन्टरनेशनल प्रतियोगितामा सहभागी हुन भियतनाम जाने तयारीमा छिन् । अक्टोबर २५ मा हुनलागेको उक्त प्रतियोगितामा ‘हिंसा र युद्ध रोकौं’ भन्ने मुल नारा लिएर लिएर सहभागी हुदैछिन् । उक्त प्रतियोगितामा विश्वभरका एकसय दश देशका सुन्दरीहरु सहभागी हुदैछन् ।

पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरिरहेकी लामा मिस ग्य्राण्ड इन्टरनेशनलमा सहभागी हुन पाएकोमा अत्यन्त उत्साहीत छिन् । ‘म साच्चै नै खुशी छु, देशको नाम राख्ने हरसम्भव प्रयास गर्नेछु’ उनले भनिन् ।

गत बर्ष अमेरीकाको लस भेगसमा भएको मिस ग्य्राण्ड इन्टरनेशनल प्रतियोगितामा सहभागी हुन पाइनन् । ‘गतबर्ष सहभागी हुन नपाएपनि यसबर्ष शान्तिको सन्देश लिएर मिस ग्य्राण्डमा सहभागी हुँदैछु, सम्पूर्ण नेपालीहरुबाट सहयोगको अपेक्षा राखेकी छु’ उनले भनिन् ।

मिस ग्य्राण्ड इन्टरनेशनलको अनलाइन भोटिङ केही दिनमै शुरु हुने उनले बताइन । यस प्रतियोगितामा जिताउनको लागि सम्पूर्ण नेपालीहरुको तर्फबाट सहयोग मिल्ने आशा समेत राखेकी छिन् ।

 

Loading...