जापानमा सवारी दुर्घटना १० नेपाली घाइते

काठमाडौँ । जापानमा सवारी दुर्घटनामा परी १० जना नेपाली घाइते भएका छन् । स्थानीय समयअनुसार आइतवार साँझ भएको सवारी दुर्घटनामा १० जना नेपाली घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ५ जना गम्भीर अवस्थामा छन् । उनीहरुको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये रुपन्देहीको पर्रोहा नगरपालिका सैनामैना चोककी मिना केसी, रूपन्देहीकै कञ्चन गाँउपालिका ४ छपालिटोलकी मिना श्रीसमगर, बाग्लङ चमुवाकी लक्ष्मी चालिसे सुवेदी, रितुरणपाल दर्नाल र कमला नेपाली रहेका छन् ।

नेपाली र दर्नालको नेपाल घर थाहा हुन सकेको छैन । उनीहरुमध्ये टोकियोको इतावासीको टोकिवादाई बस्ने श्रीस मगरको अवस्था गम्भीर छ । घाइते मध्ये मगरको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको त्यहाँ स्थित नेपाली दुतावासले जनाएको छ । उनको पहिलो चरणमा शल्यक्रिया भइसकेको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै घटनामा घाइते नेपालीको हात भाच्चिएको छ भने अन्यको अनुहार, मुख, दात र खुट्टामा चोट लागेको छ । घाइते पाँचैजनाको साइतामा विश्वविद्यालय अस्पतालमा उपचार भइरहेको छ । आइपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो । घटनास्थल टोकियो महानगरपालिकाको इकेबुकुरोबाट २० किलोमिटर दक्षिणमा पर्छ ।

दुर्घटना हुँदा बसमा सवार २२ जना घाइते भएका थिए । जसमध्ये १० नेपाली थिए । बसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे जापानस्थित नेपाली राजदूतावासले स्थानीय अधिकारीसँग सम्पर्कमा रहेको जनाएको छ ।

Loading...