पत्रकारलाई बोलाएर सूचना लुकाउंदै सहकारी

चितवन । स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लायन्सचोकले सोमबार आफ्नो ९ औं साधारण सभामा सञ्चारकर्मीहरुलाई बोलाएर सूचना नदिई फर्काएको छ ।

सञ्चारकर्मीहरुलाई समाचार संकलनका लागि भरतपुर महानगरपालिका २ क्षेत्रपुरमा तामझाम सहित कार्यक्रम आयोजना गरि आयोजित साधारण सभामा सञ्चारकर्मीले समाचार तयार गर्न संस्थाको वार्षिक प्रतिवेदन माग्दा दिन नमिल्ने भन्दै सञ्चारकर्मीहरुलाई फर्काएका हुन् ।

सञ्चारकर्मीलाई समाचार संकलन गर्न बोलाउने तर उनीहरुलाई आवश्यक पर्ने सूचना दिन नसक्ने र कार्यक्रममा गएपछि दिन मिल्दैंन भनेर गर्ने व्यवहार आयोजक संस्थाहरुले परिवर्तन गर्न जरुरी छ । यदि आफ्नो कार्यक्रम सार्वजनिक गर्न मिल्दैंन भने सञ्चारकर्मीलाई दुःख दिन पनि सुहाउदैंन् ।

पारदर्शि तरिकाले कार्यक्रम गर्न सक्नु पनि एउटा संस्थाको दायित्व हुन्छ तर उहां त्यस्तो भेटिएन् । त्यसैले यसका लागि सम्बन्धित निकायले यी र यस्ता खालका सहकारीहरुको अनुगमन गर्न आवश्यक छ ।

 

Loading...