मलेसियामा एक नेपालीको मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपालीको काम गर्ने ठाउँमा लडेर मृत्यु भएको छ । रामधुनी नगरपालिका वडा न ४ झुम्का सुनसरी घर भएका धुव्र नारायण चौधरीको काम गर्दागर्दै घरको माथि तलाबाट खसेर मृत्यु भएको हो । चौधरीलाई तत्कालै अस्पताल लगिएको भएपनि उपचार गर्दा गर्दै मृत्यु भएको उनका साथी सरोज चौधरीले जानकारी गराए । चौधरी साढे तीन वर्षदेखि इम्वुस इण्डष्ट्रिजमा मुहारमा कार्यरत थिए ।

Loading...