लोप हुँदै परम्परागत आरन व्ययवशाय

- राजेन्द्र कार्की

नवलपरासी । गाउँ घरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मेहेनतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

पुर्खौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमि भएको आरन व्यवसायिहरुको गुनासो छ । गाउँ घरमा चलाउदै आएका आँसी, वन्चरो जस्ता हतियार विस्तारै लोप हुदै गएको कावासोती ७ का खड्क बहादुर विश्वकर्माले बताए ।

‘पहिला–पहिला वजारमा पनि त्यस्ता साधनहरु नहुने भएकाले पनि केहि खर्च दिएर हसिया वन्चरो जस्ता घरायसी चाहिने हतियारहरु वनाउन स्थानीयहरुको चाप हुने गर्दथ्यो उनले भने, ‘अहिले कतै कतैवाट मात्र यस्ता साधन वनाउन आउँछन् , बजारमा पाहिने साधनले गर्दा हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।

आरनमा गएर दिनभरी वसरेर घरायसी हातहतियार बनाउन धेरै समय खर्च हुने भएकाले पनि बजारमा सस्तोमा पाइने भएकाले अधिकांश स्थानीयहरुले घरायसी हातहतियार बजारवाटै किनेर लैजाने बताउँछन् । समय परिवर्तन सँगै विस्तारै गाउँघरमा पनि परम्परागत रुपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको छ । सकेसम्म यस्ता पुराना पेशाहरुलाई बचाएर लगेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था हुने भए पनि अहिले यस्ता पेशा शंकटमा रहेका छन ।

पुख्र्याैली सिप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको विश्वकर्माको भनााइ छ । ‘मैले वुवासंग आसी, बन्चरो वनाउने सिप सिकेकाले पनि अहिले मलाई अन्य केहि आम्दानीको स्रोत नभएपनि यो सिप काम लागेको छ ।

उनले भने, ‘त्यसैले पुख्र्यौली पेसा र सिपलाई वचाई आम्दानीको स्रोत वनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटिको रुपमा लिदै आहएको छु । गाउँमा यो पेशाले घरपरिवारलाई पाल्न नसकिने र भारत गएर काम गर्न पनि नसकिने अवस्था आएपछि यहि पेशालाई निरन्तरता दिएको विश्वकर्माको भनाइ छ । आफ्नो पुर्खाले गर्दै आएको काम पनि भएको र भारत जानु भन्दा आफ्नै देशमा परिश्रम गर्नुपर्ने समेत उनले वताए ।

पहिले पहिले यसै पेशाले घरपरिवारको एक गाँस खुवाउन केहि सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको आसी, बन्चरो बनाउदा वर्षेनी एक घरले एक दुई पाथी मकै वा गँहु दिने गरेकाले यस व्यवसायवाट घरपरिवार पाल्न थोरै समस्या भएको विश्वकर्मा बताउछन ।

एउटा आसीको पचास रुपयाँ देखि तीन सय रुपमा सम्ममा बिक्रि गर्ने गरेको बताउदै विश्वकर्माले एउटा आसी बनाउन एक दिन लाग्ने र त्यो पनि विक्रि नहुने हुदा सबैले यस्ता पेश छोड्दै कामका लागि विदेश जानु पर्ने अवस्था आउदा पेशानै पलायन हुन लागेको वताए ।

 

Loading...