गजल गोष्ठी सम्पन्न

चितवन । गजल साहित्यको समृद्धि र बिकासको लागि कार्य गरिरहेको गजल मञ्च चितवनले सातौ वार्षिक साधारण सभा एवम् गजल गोष्ठि शनिबार सम्पन्न गरेको छ । गजलको राजधानीको रुपमा चिनिएको चितवनमा गजल तथा साहित्य सम्बन्धि बिभिन्न कार्यक्रमहरु गजल मञ्च चितवनले गर्दे आएको छ ।

सो कार्यक्रममा गजल मञ्च चितवनका सचिब बिनोद अनुजले सचिबको प्रतिबेदन र कोषाध्यक्ष मिथिला प्याकुरेलले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बरिष्ठ कबि तथा साहित्यकार गोन्दि राज बिनोदीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमि पुर्ब अध्यक्ष पुष्प अधिकारी अञ्जली रमेश प्रभात , गजलकारहरु हुसेन खान, लकास पौडेल ,सरला जोशी, नमुना शर्मा, आर्दश शुसिल, लेखराम सापकोटाले आफ्नो रचना र शुभकामना मन्तव्य व्यत्तल गर्नुभएको थियो ।

गजल मञ्च चितवनका अपाध्यक्ष द्धारिका नेपालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा भएको छ ।

Loading...