साउदीमा एक नेपालीको मृत्यु

काठमाडौँ । सवारी दुर्घटनामा परेर साउदी अरबमा एक जना नेपालीको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मोटरसार्इकलको ठक्करबाट मृत्यु भएको बताइएको छ ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए । उनको नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनी दुई वर्षअघि साउदी पुगेका थिए ।

Loading...