रेखाले लुकाएको रूद्रप्रियाको रहस्य यसरी खोलिदिए स्वागतले

काठमाडौँ । प्रदर्शनमा आउँन दश मात्रै बाँकी रहंदा रेखा थापाको फिल्म ‘रुद्रप्रिया’ को रहस्य बाहिर आएको छ । रेखा आफैंले समेत लुकाउँदै आएको फिल्मको रहस्य फिल्मका एक वकिल पात्रले सामाजिक सञ्जाल मार्फत बाहिर ल्याएका छन् । के हो त कात्तिक २ गते लक्ष्मीपूजादेखि अल नेपाल प्रदर्शनमा आउने चलचित्रको प्रोमोमा ‘रुद्रप्रिया’को भूमिकामा रहेको रेखाले अनुहार पछ्यौराले छोपेर हिँडेको देखार्इको छ । किन यस्तो गरिन त ? यसको रहस्य भने यस्तो रैछ ।

कानुन व्यावसायी समेत रहेका स्वागत नेपाल अर्थात् ‘रुद्रप्रिया’ का वकिल आफ्नो फेसबुकमा लेख्छन्, ‘महिला विरुद्ध बलात्कार, एसिड आक्रमणदेखि साइबर क्राइम सम्मका आधुनिक र परिवर्तित प्रकृतिका कल्पनै गर्न नसकिने जघन्य जस्ता विषय समाएर त्यसविरुद्ध लड्न महिला र किशोरीहरुलाई कसरी प्रेरित गर्न सकिन्छ भन्ने उदाहरण फिल्म रुद्रप्रिया मार्फत् दिएको छ ।’ उनी थप्छन्, ‘सधैँ नारी सशक्तीकरणको मात्र विषयलाई चलचित्र मार्फत सशक्त आवाज दिने ‘लेडी हिरो’ रेखा थापा फिल्ममा यस्ता विषयमा पुलिस प्रशासन अदालत नगुहारी आफैँ केटाहरुलाई कुट्ने गर्थिन् तर रुद्रप्रियामा आफै कारवाही गर्ने मात्र होइन अदालत पनि पुग्छिन् ।’ फिल्म बारे यस किसिमको भनाई रेखाले हालसम्म कुनै पनि मिडियामा दिएकी छैनन् । आखिर रेखाले नबोलेको भनाई वकिलले किन सार्वजनिक गरे ? के वकिलले भनेजस्तै ‘रुद्रप्रिया’ मा त्यस्तै घटना छन् त ? कात्तिक २ सम्म पर्खने कि ?’

Loading...