एभरेष्ट बचतको अध्यक्षमा चुके निर्वाचित

चितवन । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले बालगोपाल चुकेको अध्यक्षतामा ७ सदस्यिय नयां कार्यसमिति चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा शान्तलाल प्रधान, सचिवमा मदन प्रसाद पौडेल र कोषाध्यक्षमा कुन्दन कुमार पिया चयन भएको संस्थाले जनाएको छ ।

लेखा समिति संयोजकमा मनोज कुमार अग्रवाल चयन भएका छन् । यसविच एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले विभिन्न विधामा आफ्ना शेयर सदस्यहरुलाइ सम्मान एवं पुरस्कृत गरेको छ । संस्थाको १० औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा शेयर सदस्यहरुलाइ सम्मान गरेको हो । संस्थाले एसईई परिक्षा ०७३ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छात्र छात्रालाइ नगदसहित पुरस्कृत गरिएको अध्यक्ष महेन्द्र शाक्यले जानकारी दिए ।

त्यस्तै सर्वाधिक बचतकर्ता ५ जना, सर्वाधिक शेयर खरिदकर्ता १ जना, असल दैनिक बचत कर्ता १० जना, असल मासिक बचत कर्ता ९ जना र असल ऋणि १० जनालाइ सम्मानित गरिएको हो । त्यस्तै संस्थाले आयोजना गर्ने हरेक रक्तदान कार्यक्रममा नियमित रक्तदान गर्ने ९ जना र ज्येष्ठ, कनिष्ट र उत्कृष्ट १÷१ जनालाइ सम्मान गरेको अध्यक्ष शाक्यले वताए । कार्यक्रममा सचिव शान्त लाल प्रधानले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कुन्दन कुमार पियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Loading...