ठकुरी समुदायका महिलाद्वारा दाजुभाईलाई सगुन

चितवन । चितवनका ठकुरी समुदायका महिलाहरुले तिहारको सन्र्दभ पारेर आज समुदायका पुरुष दाजुभाइहरुलाई सगुन दिएकाछन् । ठकुरी कल्याण समाज चितवनको महिला विभागको आयोजनामा दाजुभाईको लागि तिहारको सगुन दिइएको हो ।

तिहार पर्वमा दाजुभाइ जुटेर दिदिबहिनीका लागि कार्यक्रम राख्ने हुंदा दाजुभाइका लागि पनि प्रत्यक वर्ष कार्यक्रम गरीने महिला विभाग प्रमुख शुसीला खांडले बताइन् ।२०६३ सालमा स्थापना भएको ठकुरी कल्याण समाज चितवनले यसलाई नियमित कार्यक्रममा नै राखेको उनले बताइन् ।

तिहारका दाजुभाइ र दिदिबहिनीको मेलका लागि समाजले आयोजना गर्ने कार्यक्रम उदाहरणिय रहेको ठकुरी कल्याण महासंघका अध्यक्ष चन्द्रकुमार सिके सिंहले बताए । कुनै पनि देशको धरोहर सो देशको मौलीक कला संस्कृति भएकाले हरेक पर्वको मर्म जर्गेनाका लागि आफ्नो समुदायको पहल हुन जरुरी रहेको उनले बताए । ठकुरी कल्याण महासंघका संस्थापक सदस्य मन कुमारी सेनले स्वागत मन्तव्य राखेको कार्यक्रममा भरतपुर महानगरकी उपमेयर पार्वती शाह विशिष्ट अतिथि रहेकीथिइन् ।

कार्यक्रममा ठकुरी कल्याण महासंघ , ठकुरी समाज चितवनमा आवद्ध सदस्य तथा ठकुरी समुदायका व्यक्तिको उपस्थिती रहेको महासंघकी उपाध्यक्ष शकुन्तला हमालले बताइन् । समाजले अयोजना गर्ने कार्यक्रमहरु हरेक पर्वको मौलिकता जोगाउंदै रमाइलो गर्ने अवसरका रुपमा समेत लिने गरेको उनले बताइन् ।

Loading...