चलचित्र ऐश्वर्यको युनिट चितवनमा

चितवन । नेपाली कथानक चलचित्र ऐश्वर्य यहि कार्तीक ९ गते छठ पर्बको दिनदेखी देशभर एकै साथ प्रर्दशन हुने भएको सोमबार चितवनमा पत्रकार सम्मेलन गरि चलचित्र युनिटले जानकारी गराएको छ । चलचित्रका कलाकार निर्मात संगै चितवन आएको सो युनिटले दर्शकलाई समय र पैसा खेर गएको भान नहुने फिल्म बनेको भन्दै दर्शकलाई हेरेर प्रतिक्रिया दिन समेत आग्रह गरेका छन ।

पत्रकार सम्मेलनमा बोल्दै नायक रमेश उप्रेतीले ऐश्वर्यलाई उत्कृष्ट बनाउन कुनै कसर बँकी नराखेको बताउनुभयो । पत्रकार सम्मेलनमा निर्मल शर्मा गैडा , नायक रमेश उप्रेती, नव नायिका दीपिका प्रसाई, प्रशान्त ताम्राकार लगायतका कलाकारको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।

फिल्ममा रमेश उप्रेती र नव नायिका दीपिका प्रसाई सँगै केकी अधिकारी, केशव भट्टराई लगायतका कलाकारहरुको प्रमुख भूमिका छ । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । साथै प्रचार प्रसारकै क्रममा पोखरा ईटहरी लगायतका स्थानमा पुगेर चितवन आएको र चलचित्र युनिट हेटौडा हुदै काठमाडौं पुग्ने बताईएको छ ।

चलचित्रको तिमी रोएको पल तिमिलाइ हसाउन नसकुला तर तिमी सगैै म रोइ दिन सक्छु……. भन्ने बोलको गितले निकै चर्चा बटुल्न सफल भएको छ ।

Loading...