सरकारबाट बाहिरिने निर्णयबाट एकाएक किन पछि हट्यो माअोवादी केन्द्र ?

काठमाडौँ । बाम गठबन्धन बनाएर माअोवादी केन्द्र एमालेसँग नजिक पुगेपछि सशंकित बनेका प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन सार्ने तयारीमा जुटेका छन् ।

यसअघि उनले सरकारका मन्त्री पठाएर राष्ट्रपति भण्डारीलार्इ यस विषयमा जानकारी गराएका थिए । तर राष्ट्रपति भण्डारीले यसलार्इ अस्वीकार गरिदिइन् । यता मंगलबार विहानै माअोवादी केन्द्रले सरकार छाड्ने चर्चा एकाएक चुलियो तर विचैमा अाएर सेलाएको छ ।

सरकारले निर्वाचन सार्ने सूचना पाएको दाबी गर्दै माओवादी केन्द्र मंगलबार नै सरकारबाट नहट्ने निष्कर्षमा पुगेको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले भने, ‘सरकारले निर्वाचन सार्नका लागि डा्रफ्ट तयार पारिएको सूचना हामीले पायौं । त्यसैले सरकारबाट हट्ने निर्णय अन्तिममा स्थगित गर्‍यौ ।’

गृहमन्त्री शर्माले अायोजना गरेको पत्रकार सम्मेलन सरकार छाड्ने निर्णय सार्वजनिक हुने अपेक्षाा गरिएको थियो । तर त्यसको उल्टो उनले सरकारबाट नबाहिरिने बताए ।

र यो पनि

अनलार्इनमा माअोवादी सरकारबाट बाहिरिने चर्चाः पत्रकार सम्मेलन गरेर के भने उपप्रधानमन्त्री महराले ?

Loading...