लुटिएको राष्ट्र, साँचेकाे राष्ट्रियता

- माेहनचन्द्र रुम्बा

अाज छुट्टिकाे दिन । सुतेरै समय कटाउछु भन्दा नि मनले मानेन् । गफ चुटेर बस्ने मुड पनि रहेन । समाचार पाेर्टलहरु खाेले, रेडियोहरुमा समाचार सुने । सबै सबैमा एउटै प्रकृतिका समाचारहरु तरंगित । फुर्सदमा गरिने गफ जस्तै फिक्का समाचारहरु । देश टुक्र्याउने, लम्पसारवाद, राष्ट्रवाद अादी अादी व्यहाेराकाे वरिपरि घुमेका सुचनाहरु । मानाैं मियाे यी तीन शब्द हुन्, हालकाे नेपाली राजनिति बहसमा । फुर्सदकाे २/४ घण्टा बिताउन साथी भाईसंग गफ गर्न अाँटे यी तीन शब्द भन्दा अलग केही बिषय नबने जस्ताे । सबैकाे तर्ककाे केन्द बिन्दु यहि अड्किरहने । मलाई देशकाे राजनीतिक बहसहरु अाज बिलकुलै अनाैठाे र नयाँ लाग्न छाडेकाे छ । केही मेलाे नभेटेर एकै हलाेमा जाेतीरहे जस्ताे ।

एकपटक निचाेरेर निख्रिएकाे कागतीलाई पानीमा डुबाएर पुनः रस निकालेकाे दृष्टिभ्रम जस्ताे । एकदमै निरस र उदेक लाग्दाे । एक देशकाे युवाले याे लेखिरहनु र बाेलिरहनु बिलकुलै सुहाउँदाे हाेईन । तर, याे भन्दा अलग रहेर साेच्ने बेला किन अाएन ? याे विचारानिय प्रश्नले कुतकुत्याएकाे छ । खासमा याे म र मेरा उमेरकाहरुमा राजनिती प्रतिकाे उदेक लाग्दाे र बितृष्णापुर्ण विचारहरु किन उत्पन्न भईरहेकाे छ । याे बिषयमा ध्यान दिने कस्ले ? किन युवाहरु राजनिती मन पराउदैनन् । अधिक युवाहरुमा जागेकाे राजनितीप्रतिकाे बितृष्णाले भाेलीका लागि के संकेत गरेकाे छ ? केलाउन जरुरी छ ।

कतिले भनेकाे सुनेकाे पनि छु, कि याे उमेर Age of anger काे हाे । त्यसैले उनीहरुमा राजनीति गर्नेहरुप्रति अरुले गरेकाे टिप्पणी कै अधारमा घृणा गर्छन् । र वास्तविकतामा पुग्ने चेष्टा नै नगरी घृणा गरिरहन्छन् । विचार र विवेचना नै नगरी हेला गर्छन् र अछुत बनाउछन् भन्नुमा मात्रै तर्क काफी छैन् । यसमा राजनीतिकाे प्रयाेग गर्नेहरुकाे हर्कत पनि दाेषी छन् । उनीहरु अाफु अनुकुल राजनिती प्रयाेग गर्छन् । त्यसले मान्छेलाई राजनितीप्रतिकाे गलत धारणा बनाउन मद्दत पुर्याएकाे छ । कार्यकर्ताहरु अाफु अनुकुल लक्ष्यप्राप्तिका लागि सपना बाँड्छन् । त्यसले मानिसहरुमा अाकांक्षा बढाउछ । र त्याे पूरा नहुदाकाे बखत बितृष्णा पैदा हुने गर्दछ । राजनिती नै मुल नीति हाे भनेर सिद्धान्त फलाक्नेहरुलाई मेराे प्रश्न, मुल निति भित्र हामी युवाहरु पर्छ कि पर्दैन ? यदि पर्छ भने युवालाई समेटिने चुनाव र सभामा मात्रै हाे कि अरुपनि छन् ।

खासमा अाज बर्षाै अघिदेखिकाे अनुत्तरित प्रश्नहरु किन लेख्दैछु भने, एउटा यस्ताे परिघटनाले साेचमग्न बनाईदियाे । फुर्सदकाे दिन साताभरीका लागि सामान किन्नका लागि बजार गएकाे थिएँ । सामान किनिसकेपछि काउण्टरमा बिल तिर्न लाग्दा काउण्टरमा बस्ने महिलाकाे नाम देखे । ‘नेपाली नाम, रमिला । परदेशकाे ठाउँ कतै नेपाली भेटे अाफ्नै गाउँघरकाे साथीभाई भेट जस्तो लाग्ने । त्यसैले साेधीहाले, तपाई नेपालबाट ? नेपालीमा कसैले साेध्दा उ पनि खुसी भएकाे अनुहारकाे भावले नै बताईरहेकाे थियाे, हाे, भनी । फेरि साेध्न मन लाग्याे र साेधे नेपाल कुन ठाउँ ? उसकाे उत्तर, दार्जिलिङ, भन्ने अायाे । मैले लगत्तै साेधे, दार्जिलिङ त.. । प्रश्न पूरा गर्न नपाउदै बाेली उसले भनी, हामी नेपाली नै हाैं । हामी नेपाली हाैं भनेर चिनाउदा कति अात्मिय लाग्छ तर, तपाईंहरु हामीलाई अरु देशकाे ठान्नुहुन्छ ।

हामी नेपाली थियौं, हाैं र रहिरहने छ । कति शानदार बाेली, यहि जवाफ दिंदा दिंदा थकित भएर निस्किएकाे अाक्रामक झैं लाग्ने । मैले अरु बाेलिन् । बुझेँकाे ईसारामा टाउकाे हाल्लाए । मैले जबरजस्ती उसलाई तिमी त भारतिय हाेईनाैं र ? भनेझैं लाग्याे , अरु बाेल्ने अाँट भएन् । मध्य दिनकाे समयमा ग्राहककाे चाप अलि कम नै थियाे । र पनि मैले अाैपचारिकता निभाउँदै, छुट्टिने अनुमति मागे । छाेटाे हाई हेल्लाेमा कस्ताे गम्भीर कुरा गरेछु कि त भन्ने साेच्दै फर्किए । भलै राष्ट्र अलग हाेला, मन नेपाली छ । रहनसहन, भाषाभेष सबै एउटै नै छ । मन पनि नेपाली छ, नेपाली भन्नुमा गाैरब गर्ने सिमापारिका जनतालाई जबरजस्ती अरुकाे जिम्मा दिए जस्तो लाग्याे । घटना र परिवेश अलगै हाेला, तर केहीले तराईका नेपाली मनहरुलाई बिहारी भनेर दाेषाराेपन गरिरहेकाे छ ।

यसले सिमाभित्रका नेपालीकाे मन त कुडिने नै छ । सिमा बाहिरका नेपाली मनहरुसंग कहिल्यै नजिकिने अवसर नअाउन सक्छ । अाफ्नाे राजनिती गर्ने बिषय मात्र बनाउँदा नेपाली-नेपाली बीचकाे अात्मियताले दुरी नाप्ने निश्चित छ । लुटिएको राष्ट्रभित्र बचेका राष्ट्रियतालाई जाेगाउने मेसाेमा लाग्नु पर्ने हामी किन अाजै अाफ्नै घर भित्रकालाई चिढ्याईरहेका छाैं । भलै गल्ती भएकाे महशुस गर्नु ठुलाे कुरा हाे । याे गल्ती नदाेहाेर्याउनु अझ ठुलाे कुरा हुन अाउछ । त्यसैले सबै मधेशीलाई बिहारी देख्ने, सबै जनजातिलाई तिब्बती देख्नेहरु पूरा कि पूरा जिम्मेवार बन्नु पर्छ, याे राजनिती बिचलन देखिनुमा । अझैपनि लुटिएको देशमा बाँचिरहेकी रमिला जस्ता युवाले बिना संकाेच, बिना चिढचिढाहट निर्धक्क नेपाली भएकाे भन्न पाउँने अाकांक्षा पालेका छन् । भाेली याे अाकांक्षा बितृष्णामा परिणत नहुने वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हाे ।

हामी परदेशीहरुलाई अलि ज्यादा राष्ट्रिय भावले गाँज्दाे रहेछ । नेपालमा राम्रो काम भयाे अरे, भनेकाे सुन्न पाउँदा खेरी मात्रै पनि खुसीले गदगद हुन्छौं । कतै सम्वृद्दिकाे बहस भएकाे सुन्न पाउने लालचले नेपाली अनलान पाेर्टलहरु हेर्छाै । राजनीतिक बहसहरुमा बिकासे बिषयले स्थान नपाएकोमा अलि ज्यादा खिन्न लाग्ने रहेछ । सधैं एकले अर्कालाई उचाल्ने पछार्ने प्रवृतिले नै युवाहरुमा घृणा पैदा गराउदै लगेकाे छ । समृद्धिकाे बिषयमा राजनिती केन्द्रित हुन नसक्दा युवाहरु अझ बिचलित बनेकाे छ । स्वार्थ केन्द्रित राजनितीले धेरै हदसम्म हामीलाई घृणा पैदा गराकाे पक्का हाे ।

“खाए खा’ नखाए घिच”,काे व्यवहारले कहिले पुरा हाेला हाम्रो नयाँ नेपालकाे सपना । अबकाे राजनीतिक बिषय नेपाली मनदेखि मन जाेडिन उत्प्रेरित गराउने हुनुपर्छ । बिकास र समृद्धिकाे बाटाे पहिल्याउने हुनु पर्छ । भ्यागुतोकाे धार्नी पुर्याउने खेलबाट अलग्गिनु जरुरी छ । हाेईन भने, याे खेल कहिल्यै समाप्त हुनेवाला नै छैन । तपाईं हाम्रो दाेस्राे/तेस्राे पुस्ताकाे नियति पनि हाम्राे भन्दा बिलकुलै फरक नहुने निश्चत छ । उनीहरुले पनि यस्तै कुसंस्कारकाे जालाे अड्किन पर्नेछ । नेपालीलाई नेपालीदेखि टाढा गराउने राजनिती किन हुदैछ ।

कुन समय एकै थाली खाने हामी दाजु भाईलाई किन अलग गरिन खाेजिदैछ । अब पहाडका नाक चुच्चे भाईहरुसंग कुममा कुम मिलाएर हिड्दा मैले बाहुनवाद स्वीकारेकाे किन हुने ? दलित दाजुसंग हात मिलाउदा जाती मिल्दैन भनेर किन बहस चलाउने ? र तराईका दाजभाईहरुलाई सधै भारतिय मात्रै देखाउने ? हामीले चाहेकाे राजनितीक उपलब्धि यहि हाे ?
newskanchha@gmail.com

Loading...