पानामा पेपर्स अनुसन्धानकी नेतृत्व गर्ने पत्रकारको हत्या

काठमाडौँ । युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम बिस्फोटनमा परी मृत्यु भएके माल्टा प्रहरीले जनाएको छ ।

माल्टाको मोस्टा सहर नजिकै रहेको बिडनिजास्थित घरबाट निस्केको केही समयमा नै आफैले चलार्यरहेको कार विस्फोट भएर ५३ बर्षे डाफ्ने कारुआना गालिजिया मारिएको बताईएको छ ।

घरबाट निस्कने वित्तिकै कारमा बम विस्फोट भएको उनको एउटा छोराले सुनेपछि उनी कुद्दै गएको स्थनीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यस बर्षको सुरुवातमा कारुवाना गालिजियाले भ्रष्टाचारीको आरोप लगाएका माल्टाका प्रधानमन्त्री जोसेफ मस्काटले उनको हत्याको निन्दा गरेका छन् ।, यो खबर आजको नागरिकमा छ ।

Loading...